ताजा समाचार

सार्वजनिक यातायात ठप्प पारे समितिहरुको बैंक खाता रोक्का

काठमाडाैं,६ वैशाख । सिण्डिकेटविरुद्ध कदम चालिरहेकाे सरकारले यातायात व्यवसायी संघ तथा समितिहरुको बैंक खाता रोक्का गर्ने काम सुरु गरेकाे छ।

यातायात व्यवसायीहरुले सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी  दिएपछि सरकारले भने यातायात समितिहरुको कारोबार रोक्का गर्ने तयारी थालेको हाे ।

काराेबार राेक्का गर्ने तयारी गर्नका लागि प्रधानमन्त्री कार्यालय अन्तरगत ल्याएएको सम्पत्ति शुद्धीकरण विभागलाई जिम्मा दिइने स्रोतले बताएको छ ।

विभागले समितिहरुको बैंक खाता र आर्थिक कारोबार रोक्का गरी उनीहरुको सम्पत्तिमाथि छानविन गर्ने प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताएका छन् ।

यातायात व्यवसायी संघ तथा समितिले वैशाख २६ गतेबाट अनिश्चितकालनीन सार्वजनिक यातायात सेवा बन्द गर्ने निर्णय गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org