ताजा समाचार

प्रदेश समितिका लागि आज पनि मनोनयन

 

 

काठमाडौँ, ९ वैशाख । नेपाल पत्रकार महासंघको प्रदेश समितिको निर्वाचनका लागि आज पनि उम्मेदवार मनोनयन हुँदैछ ।
यसअघि गत शुक्रबार मनोनयन गरिएकामा आज पुनः उम्मेदवारको मनोनयनका लागि म्याद थपिएको हो ।

 अहिले १० बजेबाट दिउँसो ४ बजेसम्म उम्मेदवारको मनोनयनका लागि समय तोकिएको केन्द्रीय निर्वाचन समिति सदस्य बालकृष्ण बस्नेतले जानकारी दिए । निर्वाचन समितिले शुक्रबार मनोनयनमा छुट भएका असन्तुष्ट पक्षधरलाई समेट्नका लागि आज पनि मनोनयनको समय छुट्याइएको हो ।

 प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालबीच चुनावी तालमेल गर्ने सहमति भएपछि क्रान्तिकारी पत्रकार संगठन, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघलगायतले असन्तुष्टि जनाउँदै निर्वाचन कार्यालयमा ताला लगाएका थिए ।
यही वैशाख २२ गते सात भौगोलिक प्रदेश र उपत्यका, एशोसिएट तथा प्रतिष्ठान गरी १० प्रदेशमा २१ सदस्यीय प्रदेश समितिको निर्वाचन हुँदैछ ।
निर्वाचनमा पत्रकार महासंघका साधारण सदस्यले मतदान गर्ने छन् । पहिलो पटक प्रदेश समितिको निर्वाचन हुन लागेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org