ताजा समाचार

नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवाको परीक्षण

 

काठमाडौं,१० वैशाख, काठमाडौं । यातायात सम्झौता भएकाे  तीन वर्ष पछि दुईवटा बस बंगलादेशको ढाकाबाट सोमबार काठमाडौं अाउँदेछन् ।
नेपाल, भारत,बंगलादेश,भुटानले गरेको बिबिआइएन यातायात सम्झौता अनुसार सोमवार विहानबाट त्रिदेशीय अन्तर्राष्ट्रिय बस सेवाको परीक्षण शुरु गरिएको हो ।

बंगलादेश,भुटान,भारत र नेपाललाई यातायात कनेक्टिभिटीबाट जोड्न रुट सर्भे तथा सवारी परीक्षणका सिलसिलामा दुईवटा बस ढाकाबाट  काठमाडाैं ल्याइएकाे भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ । बंगलादेशको ढाकाबट आएको बसलाई काभ्रेको धुलिखेमा स्वागत गरिने कार्यक्रम रहेको छ ।

 

 

सर्वसाधारण यात्रुका लागि बसमा वाइफाइ लगायतका सबै अन्तर्राष्ट्रिय मापदण्डका सुबिधाहरु  राखिएको छ । बसको रुट ढाका–बंगलाबन्धु–सिलिगुडी, काँकडभिट्टा हुँदै काठमाडौं पुग्नेछ ।

ढाकाबाट अघि बढेका बसले काठमाडौंसम्म पुग्दा करीव १२ सय किलोमिटरको दूरी पार गर्नेछन् । बिबिआइएन सम्झौता २०१५ मा भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org