ताजा समाचार

कामदार मागपत्रको प्रमाणीकरण अब नेपाली नियोगबाटै

काठमाडाैं,११ वैशाख ।  वैदेशिक रोजगारीमा जाने कामदारको मागपत्रकाे प्रमाणीकरण  अब सरकारले सम्बन्धित देशको नेपाली दूतावास तथा नियोगबाट मात्र गर्ने  तयारी गरेकाे छ ।
श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले मागपत्र प्रमाणीकरणको अधिकार अब दूतावासलाई मात्र दिने गरी वैदेशिक रोजगार नियमावली संशोधनको तयारी  सरकारले केही दीनमै गर्दैछ ।

नियमावली संशोधनका लागि कानुन मन्त्रालयसँग मन्त्रालयले  फलफल गरिसकेकाे छ । अहिले मागपत्र प्रमाणीकरण कामदारको आउने देशका चेम्बर अफ कमर्स र नोटरी पब्लिकबाट हुँदै आएको छ । यो व्यवस्थाले ठग एजेन्ट, रोजगारदाता र म्यानपावर व्यवसायीहरुलाई सरकारको आँखा छल्न सजिलो भएकाे छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org