ताजा समाचार

बिहेको २५ वर्ष बित्दा पनि नागरिकता पाइनन् ललिताले

 

गौशाला, १२ वैशाख। महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाकी ४० वर्षीया ललितादेवी पासवानको बिहे भएको २५ वर्ष बितिसक्दा पनि नागरिकता प्राप्त गर्न सकेकी छैनन् ।

पिपरा गाउँपालिका–१ बस्ने शत्रुघन पासवानकी पत्नी ४० वर्षीया ललिताका चार सन्तान पनि रहेका छन् तर उनले अहिलेसम्म नागरिकता पाउन सकेकी छैनन् ।

धनुषा जिल्लाको खरिहानी माइती रहेकी ललिताले २०५० सालमा शत्रुघन पासवानसँग विवाह भएको र सोही बेलादेखि नागरिकता बनाइदिन पतिलाई पटकपटकभन्दा पनि आज, भोलि भन्दाभन्दै २५ वर्ष बितिसकेको ललिताले बताइन् । किन नागरिकता नबनाइदिएको भन्ने कारण खुल्न सकेको छैन ।

गरीब र दलित परिवारकी ललिताले नागरिकताको अभावमा आफूले गाउँमा दलितका लागि आउने विभिन्न कार्यक्रममा सहभागी हुन नपाएको, छोराछोरीले स्कूल पढ्न नपाएको तथा अन्य विभिन्न सुविधाबाट समेत वञ्चित भएको गुनासो सुनाइन् ।

ललिताको बिहे भएको २५ वर्ष बितिसक्दा पनि नागरिकता किन नबनाइदिएको भनी उनका पति शत्रुघनसँग सोध्दा उनले पुनः आउँदो १५ दिनभित्र बनाइदिने बताए । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org