ताजा समाचार

सर्वोच्चले हप्तामा २ दिन संवैधानिक इजलास अन्तरगतको मुद्दा हेर्ने 

सर्वोच्च अदालतका सहायक प्रवक्ता नागेन्द्रप्रसाद कालाखेतीले बुधबार र शुक्रबार  संवैधानिक इजलास अन्तरगतको मुद्दा हेर्ने समय तोकिएको जानकारी दिएका हुन्।

सहायक प्रवक्ता नागेन्द्रप्रसादले पत्रकार सम्मेलनमा बोल्दै  सर्वोच्च अदालतमा संवैधानिक इजलास अन्तरगत २ सय १५ वटा मुद्दा दर्ता भएको पनि गराएका छन् ।

संवैधानिक इजलास अन्तरगत संविधानसँग बाझिएका ऐन, कानूनसम्बन्धी मुद्दा, स्थानीय–स्थानीय तथा प्रदेश–प्रदेशबीचको विवादको मुद्दा र प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको योग्यतासम्बन्धी मुद्दा हेर्ने संवैधानिक व्यवस्था रहेकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org