ताजा समाचार

हास्य कलाकार कुमारमणि गजुरेलको संघर्षरत जीवन

काठमाण्डौ,१६ वैशाख । कलाकारितालाई लिएर मान्छे कसरी अगाडी बढ्नु पर्छ र आफुलाई कसरी चिनाउनु पर्छ भन्ने कुरामा कलाकारहरुमा रहेको कला र गलामा भर पर्छ । आफु चर्चित बन्नको लागि कँैयो दुखका साथ संघर्ष गर्नु पर्दछ । म कलाकार हु भनेर मात्र हुदैन आफु भित्र रहेको प्रतिभालाई विभिन्न विषयगत रुपले आफ्नो प्रतिभालाई ढाल्न सक्नु पर्छ, अनि मात्र त्यो मान्छे कलावन बन्न सक्छ । चर्चा कमाउनको लागि र पर्दामा देख्नको लागि कलाकारले धेरेै संघर्ष गर्नु पर्छ । त्यो कलाकारिता क्षेत्रमा संघर्षरत गर्नु हुने एक चर्चित हास्यकलाकार हुन, कुमारमणि गजुरेल । बुबा मोहन प्रसाद गजुरेल र आमा भगवती गजुरेलको कोखबाट २०३४ साल ९ महिना २८ गते, काठमाण्डौ जिल्ला, मनहरा नगरपालिकामा उनको जन्म भएको थियो । उनी परिवारकै कान्छो छोरा हुन् । कक्षा ६ मा पढ्दै गर्दा रेडियो नेपालमा भएको कविता वाचन प्रतियोगितामा सहभागी भएका गजुरेललाई कलाकारिता क्षेत्रमा लाग्ने इच्छा जाग्यो । “त आट म पु¥याउछु” भन्ने त उख्खान नै छ तर गजुरेलका लागि उख्खान मात्र होइन वास्तविक जीवनमै कलाकारिताले सबैलाई चिनाउन मद्दत ग¥यो ।

विद्यालयको शिक्षा सकेर उच्च शिक्षा अध्ययनको क्रममा कलाकार कुमार गजुरेलको मनमा धेरै कुराहरु खेल्न थाले । मनमा खेलेका सबै कुरालाई एकत्रित गर्दे जादा आफू राम्रो स्वभावको भएकाले अनुशासित बन्दै प्रहरी पेशामा लाग्ने उत्साह प्रचुर भयो । तर उनको प्रहरी पेशामा लाग्ने इच्छाले सार्थकता पाउन सकेन । उनले ६ कक्षामा पढ्दै गर्दा लागेका चाहाना कलाकारितामै डोरियो । त्यही इच्छाले नै अहिले गजुरेल सबैको सामु परिचित गराउने महत्वपूर्ण साधन बनेका छन् । “थोरै भएपुगी सरी” टेलिश्रृंखलाबाट कलाकारिताको सुरुवात गर्नु भएका गजुरेलले शहिद, सपूत, बादल, जिन्दगी जस्ता ठूला पर्दाका चलचित्रहरुमा अभिनय गरेर सबै नेपाली दर्शकहरुको मनमा आफु बस्न सफल भइसकेका छन, भने पछिल्ला चलचित्र ६ एकान ६, वडा न ६, छक्का पन्जा १, छक्का पन्जा २, जस्ता चलचित्रमा अभिनय गरी झनै अहिले चर्चामा पुग्न सफल भएका छन् ।

उनले २०५९ देखि गाईजात्रा महोत्सव सडक नाटक, लोक दाहोरी, शारीरिक अपाङ्गता भएको व्यक्तिलाई माया प्रेम गर्नु पर्छ भन्ने (सन्देशमूलक) विज्ञापन, बागमति सरसफाई अभियान, वातावरण मन्त्रालय, शिक्षा मन्त्रालय, राष्ट्रिय मेलमिलाप आयोगको फेष्टिवलामा पर्न सफल विज्ञापनमा समेत विभिन्न सन्देशमूलक भूमिकाको रुपमा निरन्तरता दिदै आएका छन् । त्यस्तै गरी अन्तराट्रिय फेष्टिवलमा पर्न सफल फिल्म डा. खातेमा पनि उनको अभिनय रहेको छ । अन्य चलचित्र, सिसा, मायाजाल, कदम, लगायत दर्जनौ भन्दा बढी चलचित्रमा गजुरेलले अभिनय गरेका छन् । उनको भावी योजना भनेकै भविष्यमा कलाकारिता क्षेत्रबाट नै आफ्नो जीवनको अन्त गर्ने चाहाना रहेको बताउछन । त्यसैले उनी भन्छन “सफल हुनको लागि निरन्तर लाग्नु आवश्यक छ ।”

 चर्चित कलाकार दिपाश्री निरौला र दिपकराज गिरी, छक्का पन्जा २ सुटिङको समयमा

उनको अधिकांश अभिनयमा पुलिस र नकरात्मक चरित्रको भूमिका पाईन्छ । त्यस्तै गरी टेलिसिरियलहरु जिवन चक्र, सुनौलो संसार, गहना, प्रहरी अनुरोध, मेरी बासैँ, जीरे खोर्सानी, ६०० भाग लामो तितो सत्यमा निरन्तर, तिते करेली, २२ पुतली, ब्रेक फेल, शान्ति, हरिबहादुर ं मदन बहादुर, हर्के हल्दार, यातना (सामाजिक मूलक सन्देश) गरी दुई दर्जन भन्दा बढी टेलिसिरियलहरुमा अभिनय गरी दर्शकहरुलाई हसाएका छन् । पर्दामा उनको अत्याउने अनुहार भएका कुमारमणि गजुरेल वास्तविक जीवनमा भने ज्यादै नरम तथा मिलनसार स्वाभावका छन् । कलाकार भएकाले नै होला कुनै गित बजाई दियो भने पनि उहाँ कम्बर मर्काई मर्काई नाच्न थालिहाल्छन् । साथै गीत गायनमा पनि उक्तिकै अब्बल रहेका छन् । कला भएको मानिसले मात्रै अभिनय गर्न सक्छ । मानिस जन्मे पश्चात आफु नमरुन्जेल सम्म विभिन्न विधाका क्षेत्रमा परिश्रम गर्नु स्वाभाविक हो ।

गजुरेलले विभिन्न कार्यक्रमहरुमा सामाजिक सन्देशका भावहरु समेटी सबै दर्शकहरुलाई मनोरञ्जन दिलाई त्यस प्रतिभाबाट उठेका केही रकम असाय दिन दुखीहरुलाई दिई सामाजिक कार्य गर्दे आएका छन् । गजुरेल यो क्षेत्रमा धेरै सन्तुष्टि रहेको बताउछन् । उनले भने “यसले मलाई सबैको सामु छुट्टै पहिचान बनाउन सिकाएको छ, त्यसैले मैलै अझै धेरै कुराहरु सिक्नु छ, धेरै कुरा गर्नु छ ।”
उनी कलाकारिता क्षेत्रमा मात्र नभई पहिला खेलकुद क्षेत्रमा पनि उनी त्यतिकै सक्रिय रहेका थिए । उनले विभिन्न राजनीतिक दलका नेताहरु सगँ २०६६ साल असार २८ गते दशरथ रंगशालामा भएको सभासद एघार र आस्यकलाकार एघार को मैत्रिपूर्ण फुटबल खेलमा पुश्पकमल दाहाल प्रचण्ड, सुवास नेम्वाङ, माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु संग फुटबल खेलमा प्रतिस्पर्धा गरी जित हासिल समेत गरेका थिए । २०७२÷ १२ मा गएकोे विनाशकारी भुकम्पमा पर्ने पीडित सहयोगार्थका लागि शिर्ष नेता र चर्चित कलाकारको मैत्रिपूर्ण खेलमा पनि उनले सहभागीता जनाएको थिए । जुन मैत्रिपूर्ण फुटबल खेल नयाँ पत्रिकाले आयोजना गरेको थियो ।

उनले विभिन्न हास्य टेलिश्रृंखला मेरी बास्सै, जिरे खोर्सानी लगायत थुप्रै टेलिश्रृंखलामा अभिनय गरी सबै दर्शकहरुलाई हसाएका छन् ।
गजुरेललाई अहिले सम्मको सबै भन्दा खुशीको क्षण सम्झनु पर्दा के भन्नु हुन्छ भनी प्रश्न गर्दा उनी भन्छन, “प्रहरीमा छँदा द्धन्द्धको बेला म तीन पटक सम्म एम्बुसमा परेको छु तीन तीन पटक सम्म पनि एम्बुसमा पर्दा बाच्न सफल हुनु र अहिले यो स्थितिमा परिवार र आम दर्शकहरुले देख्न पाउनु मेरो लागि सबै भन्दा खुसीको क्षण हो ।” हाल, उनी जिरे खोर्सानी, ब्रेकफेल, उल्टोसुल्टो र नया चलचित्र छक्का पन्जा ३ मा निकै व्यस्त रहदै आएका छन् ।

आफ्नो इच्छा शक्ति भएमा जति सुकै व्यस्तता भए पनि हरेक क्षेत्रमा लाग्न सकिन्छ भन्ने उदाहरण गजुरेलले दिएका छन् । उनी शिक्षा क्षेत्रमा पनि आवद्ध रहदै आएका छन् । उनी कुटुम्ब कलेजका इ.सी.ए कोर्डिनेटर साथै सी.आइ. र डी.आइ को रुपमा रही सहकार्य गर्दे आएका छन् भने अरुणीमा शैक्षिक प्रतिष्ठानमा पनि इ.सी.ए कोर्डिनेटर साथै डी.आइ को रुपमा काम गर्दे आएका छन् ।

(कलाकार समाजमा भएको घटनाकाे एक पात्र मात्र हो ।)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org