ताजा समाचार

साउदी जेलमा रहेका राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण

काठमाडाैं,२१ वैशाख । साउदी अरबकाे जेलमा २ वर्षदेखि बन्दी जीवन विताइरहेका प्रेमबहादुर राईको रिहाइको  लागि सहयोगार्थ संकलन गरिएको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले राईको  परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् ।

गैर जिम्मेवारी काम गरेको आरोपमा इलाम माइ गाउँपालिका, दानाबारीका  ३० बर्सिय राई जेल जीवन बिताइ रहेका छन् । साउदीकाे  सरकारी अदालतले तोकिएको ९५ लाख जरिवाना तिर्न नसक्दा प्रेमबहादुर रिहा हुन सकेका छैनन् ।

एबीसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रम मार्फत संकलन भएकाे ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी पत्नी सरिता राईलाई  दिएका हुन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org