ताजा समाचार

आंशिक प्राध्यापक संघको आन्दोलनका कारण त्रिवि सिनेट बैठक स्थगित

 

काठमाडाैं,२३ वैशाख । त्रिभुवन विश्वविद्यालय, नेपाल आंशिक प्राध्यापक संघको आन्दोलनका कारण पूर्व निर्धारित त्रिवि सिनेट बैठक स्थगित भएको छ ।

त्रिविको सिनेट बैठक आज हुने तय भएपछि आंशिक प्राध्यापकहरू त्रिविको सिनेट बिथोल्नका लागि अाज बिहानैदेखि त्रिवि पुगी घेराउ गरेका हुन् । आंशिक शिक्षकहरुले गत हप्तादेखि करार माग गर्दै कक्षा बहिष्कार गर्दै आएका छन् ।

समान कामका लागि समान ज्याला र करार गर्न आंशिक प्राध्यापकहरूले माग गर्दै आएका छन् । नेपाल आंशिक प्राध्यापक संघले करारको माग गर्दै २०६३ सालदेखि आन्दोलन गर्दै आएको छ ।

सो संघसँग नेपाल सरकार र त्रिविले झण्डै आधा दर्जन सम्झौता गरेका छन् । केही समयअघि देउवा मन्त्रिपरिषद्ले आंशिक प्राध्यापकहरूलाई समायोजन गर्न १४२० दरबन्दी स्वीकृत गरेको थियो ।

तर अर्थ मन्त्रालयले बजेट नछुट्याएका कारण करार प्रक्रिया अवरोध भएपछि फेरि झण्डै १ महिनादेखि आंशिक प्राध्यापकले आन्दोलन सुरु गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org