ताजा समाचार

अभिनेता रजनीकान्तको घरमा बम पड्काउने धम्की

एक अपरिचित व्यक्तिले तमिलनाडु प्रहरीलाई फोन गरेर बलिउड अभिनेता रजनीकान्तको घरमा बम पड्काउने धम्की दिएपछि  प्रहरीले रजनिकान्तकाे घरमा सुरक्षा मजबुत बनाएकाे छ ।

तामिलनाडु प्रहरी स्रोतका अनुसार शनिबार पहिलो फोन दिउसो १ बजे ५० मिनेटमा आएको थियो । फोन गर्ने अपरिचित व्यक्तिले मुख्यमन्त्री ई पलानीस्वामीको घरमा बम पड्काउने धम्की दिएका थिए । त्यसपछि तत्कालै मुख्यमन्त्रीको घरमा बम निरोधक दस्ता पठाइयो । तर, त्यहाँ केही पनि भेटिएन । फेरी त्यही नम्बरबाट साँझ ६ बजेर २७ मिनेटमा अर्को फोन आयो । फोनमा बोल्ने व्यक्तिले रजनिकान्तको घरमा बम पड्काउने चेतावनी दिए ।

प्रहरीले  नम्बर ट्रेृस गर्दा उक्त फोन कुड्डालोग जिल्लाबाट आएको पाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org