ताजा समाचार

 सिण्डिकेट नमान्ने , सवारी साधन कम्पनीमा दर्ता गर्ने शर्तमा हस्ताक्षर गर्दै छुटे यातायात व्यवसायीहरु

काठमाडाैं,२३ वैशाख। शुत्रबार सार्वजनिक यातायात ठप्प पारेकाे अाराेपमा पक्राउ परेका यातायात व्यवसायीहरु अाज सिण्डिकेट नमान्ने कागज गर्दै रिहा हुन थालेका छन् ।

पक्राउ परेका यातायात व्यवसायीहरु प्रहरी कार्यालयमा कागज गरेर रिहा भएका हुन् ।

सिण्डिकेट नमान्ने, सवारी साधन कम्पनीमा दर्ता गर्ने, यातायात चलाउने र सरकारलाई सहयोग गर्ने शर्तमा हस्ताक्षर गरेर व्यवसायीहरु छुटका छन् ।

सिण्डिकेट विरुद्ध सरकारले चालेकाे कदम प्रती रुष्ठ भएका यातायात व्यवसायीहरुले शुत्रबार यातायात नचलाई अान्दाेलनमा उत्रिएका थिए ।  गृहमन्त्री  रामबहादुर थापा बादलले हड्ताल गरी बसेका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न  प्रहरीलाई दिएकाे अादेश सँगै यातायात व्यवसायीहरु पक्राउ परेका थिए ।

 

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org