रोजगारका लागि नेपाली विदेश जानु पर्दैन : वन मन्त्री बस्नेत
गुलरिया, बर्दिया, २३ वैशाख । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधान पूर्णरुपमा कार्यान्वयन भयो भने रोजगारका लागि कोही पनि विदेश जान नपर्ने बताएका छन् ।
बर्दियाको कृष्णसार संरक्षण क्षेत्रले आयोजना गरेको कार्यक्रममा उनले नेपालको संविधान कार्यान्वयनका लागि स्थिर सरकार बनेकाले अबका केही दिनमा युवालाई स्वदेशमै रोजगारी सिर्जना गरिने बताए ।
व्यवस्था परिवर्तन भएजस्तै नेपाली जनतामा पनि परिवर्तन हुनुपर्नेमा जोड दिंदै मन्त्री बस्नेतले नेपालको संविधानमा अधिकारका सम्पूर्ण कुरा समेटिएकाले संविधान कार्यान्वयन गर्नुको कुनै विकल्प नरहेको बताए । आगामी आर्थिक वर्षका लागि बजेटमा जनताले महसुस गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन लागेको पनि उनले जानकारी दिए ।
मन्त्री बस्नेतले कृष्णसार संरक्षणका लागि रणनीति तथा कार्ययोजना बनाएर काम गर्न संरक्षणकर्मीलाई सुझाव दिँदै जनतालाई संरक्षणप्रति अपनत्व महसुस गराउनु पर्ने सुझाब दिए ।
कार्यक्रममा सहभागी तथा स्थानीयवासीले कृष्णसार संरक्षण क्षेत्रभित्रका बस्ती व्यवस्थापन गरी संरक्षणका लागि बलियो पर्खाल र बाढी मुक्त क्षेत्र बनाउन मागसमेत गरेका छन् ।
कृष्णसार संरक्षित क्षेत्र गुलरिया नगरपालिकाको वडा नं १, २, ३ र ४ को क्षेत्रमा कूल १६.९५ वर्ग किलो मिटरमा फैलिएको र कृष्णसारको वासस्थान ५.२७ वर्ग किलोमिटरमा मात्र बसोबास रहेको छ । संरक्षित क्षेत्रमा हाल भाले ५८ पोथी १३० र बच्चा २० गरी २०८ वटा कृष्णसार छन् । रासस
Comments
अरु समाचार
-
उपप्रधानमन्त्री विष्णु पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई...
-
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
काठमाडौं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९÷८० को...
-
सुनको मूल्यले नयाँ कीर्तिमान
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको...
-
काठमाडौंमा भोलि तेस्रो चीन-नेपाल मिडिया सम्मेलन हुँदै, अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित
काठमाडौँ, असोज ९ गते । दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित 'चीन नेपाल मिडिया सम्मेलन २०२४'...
-
बाबुको हत्या अभियोग छोरा पक्राउ
काठमाडौं । आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता...
-
के तपाई भिजिट र पर्यटक भिसामा विदेश गएर काम गर्न खोज्दै हुनुहुन्छ ? सचेत हुन विभागको आग्रह
काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभागले भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी...
-
युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
काठमाडौँ, ९ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको...
-
दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै
काठमाडौँ, ९ असोजः एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट...
-
राष्ट्रपति भने-चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ
काठमाडौँ, ९ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको...