ताजा समाचार

भारतीय प्रधानमन्त्री माेदीकाे दुई दिने नेपाल भ्रमण यस्ताे रहने

 दुई दिने भ्रमणका क्रममा  माेदीले  पहिलाे दिन जनकपुरको जानकी मन्दिर मा पुजा गर्ने छन् । त्यसपछि नागरिम अभिनन्दन गर्ने छन् । दोस्रो   चरणमा उनले काठमाडाैं गएर पशुपतिनाथ मन्दिर र मुस्ताङको मुक्तिनाथमा विशेष पूजा  गर्ने कार्यक्रम रहेको छ ।

मोदीको दुई दिने नेपाल भ्रमणको कार्यतालिका हेर्नुस यस्ताे छ ।

पहिलाे दिन शुक्रबार
हेलिकोप्टरबाट जनकपुरमा अाेर्लने।

जानकी मन्दिरमा पूजा।

बाह्रबिघा मैदानका लागि प्रस्थान। नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन।

हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान।

गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान।

उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा।

महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने। त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट।

 दोस्रो दिन शनिबार

मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान।

मुक्तिनाथमा पूजा।

मुक्तिनाथबाट काठमाडौं फिर्ता।

विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान।

होटल हायात प्रस्थान।
महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान।

नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थलबाट प्रस्थान।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org