मालिकाको धुरी : हिमालभन्दा मान्छे अग्लो देखिने ठाउँ
बेनी, म्याग्दी, २७ वैशाख । हिमालभन्दा मान्छे अग्लो देखिने ठाउँ पनि छ भन्दा सहजै कसले पो पत्याउन सक्ला र ?
तर, म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने भिरालो पहाडको टुप्पोमा अवस्थित मालिकाधुरीमा पुग्नुहोस् तपाई आफैँ हिमालभन्दा अग्लो देखिनु हुनेछ ।
मालिकाको धुरीबाट हेर्दा आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छे«, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमशंखला तपाईभन्दा होँचा देखिन्छन् । विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य हुने प्रशस्त सम्भावना रहेको यो ठाउँले पूर्वाधार निर्माणको अभावमा आफ्नो पहिचानलाई विदेशीमाझ भने फैलाउन सकेको छैन ।
मालिकाको धुरीमा बाह्रैमास चिसो हावा चल्छ । गर्मी महिनामा पनि जाडोयामको चिसो हावा चल्ने घना जंगलको बीचमा अवस्थित मालिकाबाट धौलागिरि, नीलगिरिलगायतका दर्जनौँ हिमशिखर आँखामा ठोकिन्छन् ।
हिमालभन्दा अग्ला देखिने मान्छेको जमघटले समेत मालिका जिल्लाकै आकर्षक गन्तव्य बन्न थालेको छ । आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामीण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यले सजिएको मालिका प्राकृतिक दृष्यको धनी हुनुका साथै धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्रस्थलको परिचय पाएकोे छ ।
मन्दिरको चारैतिरबाट सडक सञ्जाल छोडेर करीब साढे तीन घण्टाको यात्रामा पुगिने मालिका मन्दिरलाई धार्मिकसँगै पदयात्राका लागिसमेत सुन्दर गन्तव्यका रुपमा विकास गर्न सकिन्छ । जंगलभित्र रहेका पशुचौपायाका गोठ, समथर भूभाग, चराचुरुंगी र वन्यजन्तुको आवाज, बहुमूल्य जडीबुटीको बास्ना लिँदै मालिकाधुरी पुग्दा थकित भए पनि आनन्द महसुस हुने पर्यटन व्यवसायी बाबुराम आचार्य बताउनुहुन्छ ।
जिल्लाको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित मन्दिरमा वर्षेनि हजारौँ दर्शनार्थी दर्शनका लागि पुग्ने गर्दछन् । सवारीसाधनको प्रयोग तथा भिरालो पहाड यात्रामा रमाउने निकै रोमाञ्चक मालिकाको व्यापक प्रचारप्रसार र पूर्वाधार विस्तार गर्न विश्वभरका पर्यटकलाई भित्र्याउन सहज हुने देखिन्छ । जिल्लामा अन्य पर्यटकीयस्थलबाट देखिने हिमशंखलाको तुलनामा यहाँबाट धेरै र ऐनामा हेरेजस्तै देखिन्छ ।
हिमाल र प्राकृतिक सौन्दर्यको अवलोकनका लागि अपार सम्भावना बोकेको मालिकालाई जिल्लाको आकर्षक गन्तव्यका रुपमा राख्नुपर्नेमा स्थानीयको भनाइ जायज देखिन्छ । सयौँ वर्ष अगाडिदेखि धार्मिक गन्तव्यका रुपमा रहेको मालिकाको पूर्वाधार विस्तार तथा प्रचारप्रसारले आन्तरिक पर्यटकलाई मात्र होइन विदेशी पर्यटकलाई पनि आकर्षित गर्नसक्ने पर्यटन व्यवसायी आचार्यले बताउनुभयो ।
“हिमाल हेर्न आउनेलाई मालिकासम्म पुग्ने वातावरण बनाउनुपर्छ, त्यहाँ हिमालभन्दा मान्छे अग्ला देखिन्छन्,” आचार्यले भन्नुभयो ।
उहाँले सुनसान पदमार्गमा रमाउन चाहने पर्यटकलाई मालिकाको विकल्प नभएको बताउँदै पश्चिम म्याग्दी जोड्ने पदमार्गमा समेत मालिकालाई समावेश गरिएको बताउनुभयो । सदरमुकाम बेनीबाट पैदलयात्रा हुँदै मालिका मन्दिरसम्म पुग्न चाहनेलाई समेत बेनी–अर्थुङ्गे–पुलाआश्रम–जगन्नाथ–टोड्के हँुदै मालिकासम्म जाने पदमार्गको निर्माणकार्य समेत भइरहेको छ भने पुरानो संरचनाबाट समेत सहजै आवतजावत गर्न सकिन्छ ।
त्यस्तै, रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, ठाडाखानी, मंगला गाउँपालिकाको कुहँु, थाइवाङ, हिँदी र मालिका गाउँपालिकाको दरवाङ, उपल्लो दुखु हँुदै मालिका पुग्न सकिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झकप्रसाद पाइजाले बताउनुभयो ।
मन्दिरको चारैतिरबाट पुग्न सकिने मन्दिरमा बस्ने सत्तलसहितका संरचना समेत बनेका छन् । एकैपटक सयौँ दर्शनार्थी पुग्ने मन्दिर आसपासका क्षेत्रमा रहेका ओडारमा समेत रात विताउने गरिन्छ ।
म्याग्दी भ्रमण वर्षमा समेत मालिकालाई व्यापक प्रचारप्रसार गरिनेछ । समुद्र सतहदेखि करीब तीन हजार ३०० मिटरको उचाइमा रहेको मन्दिरमा हरेक वर्ष तीनपटक पूजा गरिन्छ ।
Comments
अरु समाचार
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिने
काठमाडौं । मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । आइतबार दुवै पाटिले मधेश सरकार छाड्ने...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...