मोदीको भ्रमण मुस्ताङको पर्यटकीय विकासका लागि महत्वपूर्ण हुने
मुस्ताङ, २७ वैशाख । प्रकृतिका मनोरम दृश्यले सजिएको हिमालपारिको जिल्ला मुस्ताङ जो कोही पर्यटकको मनलाई आकर्षित गर्ने स्थल हो । त्यससागै यहाँस्थित मुक्तिनाथ मन्दिर धार्मिक महत्वको धरोहर मानिन्छ ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शनका साथै आसपासका चाँदी जस्तै टलक्क टल्कने हिमशृङ्खलाले मुस्ताङ आन्तरिक एवं बाह्य पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बनेको छ ।
मुक्तिनाथसहित कागबेनी, दामोदर कुण्ड, गुम्बा, ऐतिहासिक ठिनी गाउँ र तिब्बती संस्कृतिका जीवन्तस्थलहरू यहाँका प्रमुख पर्यटकीय आकर्षणका केन्द्र हुन् । मनोरम दृश्यसहित पदयात्राका लागि ख्याति कमाएको मुस्ताङ पदमार्गको बाहुल्यता भएको स्थान हो ।
छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ र २९ गते हुन लागेको नेपालको औपचारिक भ्रमणका क्रममा २९ गते उनले मुक्तिनाथको दर्शन गर्ने कुराले यतिखेर यहाँ चर्चा पाएको छ । मोदीको मुक्तिनाथ दर्शन व्यवस्थित गर्न मुक्तिनाथ मन्दिर रहेको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष छेन्तोकछेप्तेन गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ ।
“समितिले आफ्ना काम तीव्रताका साथ अघि बढाएको छ,” प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने । समितिको संयोजनमा अहिले सरसफाइलगायत काम भइरहेको छ । मोदीको मुक्तिनाथ दर्शनलाई लक्ष्य गरी प्रजिअ पौडेलको संयोजकत्वमा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख रहनुभएको सुरक्षा समितिले सुरक्षा प्रबन्ध गरिरहेको छ । सवारी साधन आवतजावत गर्ने विभिन्न चेक पोष्टमा सुरक्षा निगरानी बढाइएको छ ।
प्रधानमन्त्री मोदी दर्शन गर्न आउने भएसँगै यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण सहयोग पुग्ने बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीको भनाइ छ । पर्यटकले स्नान गर्ने १०८ धारालाई रङरोगन गरिएको छ । मन्दिर परिसरमा सरसफाइ गरिएको छ ।
प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणबाट यस क्षेत्रले विश्व पर्यटन बजारमा स्थान पाउने नेपाल–भारत मैत्री संघ मुस्ताङका अध्यक्ष गणेश शेरचन भन्छन् । “प्रधानमन्त्री मोदीको भ्रमण हाम्रा लागि गौरवको विषय हो”, उनले भने ।
जिल्ला समन्वय समितिका सभापति छिरिङल्हामु गुरुङ आफूहरू मोदीको स्वागतको तयारीमा जुटेको बताउनुहुन्छ । मोदीको भ्रमणका क्रममा आउने देशी विदेशी सञ्चारकर्मीले यहाँका सुन्दर दृश्यलाई कैद गरी विश्व पर्यटन बजारमा पु¥याउने उनकाे विश्वास छ । रासस
Comments
अरु समाचार
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिने
काठमाडौं । मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । आइतबार दुवै पाटिले मधेश सरकार छाड्ने...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...