ताजा समाचार

मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त एकको मृत्यु

 

काठमाडौ,२ वैशाख । विहानदेखि हराएको भनिएको मकालु एयरको जहाज हुम्लाको खुर्पनाथ गाउँपालिकाको बाहुनचौरमा दुर्घटनाग्रस्त भएकाे छ।

जहाज ३ टुक्रा भएको अवस्थामा भेटिएकाे छ ।  चालक दलका एक सदस्यको मृत्यु भएको र अर्का सदस्यको खोजी कार्य भइरहेको बताइएको छ। विहानै सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको उक्त जहाज सम्पर्कविहिन भएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले सिमिकोट एयरपोर्टबाट ७।७ नटिकल माइल दक्षिणमा उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बताएका छन् ।

सुर्खेतबाट सिमिकोटका लागि बुधबार बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइनको जहाज सम्पर्कबिहिन भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org