ताजा समाचार

समयमा काम पूरा नगरेकाे आरोपमा सिरुवा कन्स्ट्रक्सनका संचालक बस्नेत पक्राउ

 

 

काठमाडौं, ४ वैशाख । समयमा काम सम्पन्न नगरेको अाराेपमा सिरुवा कन्स्ट्रक्सनका संचालक ठेकेदार सुरेन्द्र बस्नेत पक्राउ परेका छन्।

उनले पृथ्वी राजमार्गको कास्कीस्थित गगनगौडा देखि लेखनाथ नगरपालिकासम्मको १४ सय ७४ मिटर सडक १५ महिनामा मै सम्पन्न गर्ने गरी ठेक्का लिएका हुन् ।

तोकिएको समयमा काम पूरा नभएका कारण उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताएका छन् । बस्नेतले सडक स्तरउन्नतिको लागि २ करोड ४४ लाख रुपैयाँमा ठेक्का लिएका थिए। पक्राउ परेका ठेकेदार बस्नेतलाई समयमा नै काम सक्ने लिखित कागज गराएर छोड्ने तयारी भइरहेको छ।

गृहमन्त्री थापाले तोकिएको समयमा ठेक्का सम्पन्न नगर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org