ताजा समाचार

व्यवसायीद्वारा समिति विघटनको माग

 

लहान, ४ जेठ। सिरहाको लहानका उद्योगी व्यापारीले जिल्ला उद्योग वाणिज्य संघ कार्यसमितिलाई कारबाही गर्न माग गरेका छन् ।

उद्योगी व्यवसायीले इलाका प्रशासन कार्यलय लहानमा निवेदन दत्र्ता गराएका छन् । सोनाली जेनरल स्टोरका सञ्चालक रामऔतार शर्मा, मुन्ना कपडा पसलका सञ्चालक रियासत लिमि र न्यू कृष्णा हार्डवेयरका सञ्चालक अजयकुमार चौधरीले संयुक्त रुपमा इलाका प्रशासन कार्यालयमा निवेदन दत्र्ता गराएका हुन् ।

संघका अध्यक्ष सुनिलकुमार महतो सहितका पदाधिकारीले पदीय लोभ लालचमा परी आर्थिक हिनामिना गरेको आरोप लगाउँदै उक्त कार्य समितिलाई पदमुक्त गरी आर्थिक कारोबार समेत बन्द गर्न माग गरिएको छ । संघको विधान २०६७ को परिक्षेद ४ को दफा १६(२) अनुसार कार्यसमितिको कार्यकाल तीन वर्ष रहेपनि गत २०६८ साल पुस २८ गते सम्पन्न साधारणसभाबाट निर्वाचित संघका अध्यक्ष महतो लगायतका कार्यसमितिका पदाधिकारीको पदावधि सकिए पनि साधारणसभा नगरी आफ्नो म्याद आफै बढाउँदै आएको आरोप लगाइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौँं, जिल्ला प्रशासन कार्यलय सिरहा र लहान नगरपालिकाको कार्यलयलाई बोधार्थसहित दर्ता गराइएको उक्त निवेदनमा नेपाल उद्योग वाणिज्य संघको रोहवरमा वा इलाका प्रशासनको अध्यक्षतामा साधारणसभा बोलाई नयाँ कार्यसमितिको गठन गराउनतर्फ आवश्यक कारबाही गरिदिन समेत आग्रह गरिएको छ ।रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org