ताजा समाचार

सम्झनामा कलाकार सन्तोष बानियाँ

काठमाडौँ । कलाकार सन्तोष  बानियँको घर गोरखास्थि नयाँसाँघु हो । रोजगारीको शिलशिलामा मलेसिया पुगेका बानियाँले आफ्नै कोठामा पासो लगाइ झुण्डिएर आत्महत्या गरे ।यस किसिमको दुःखद् खबरले लोकगीत संगीत परिवार शोकमा डुबेको छ ।

म सँग एकदिन अघि कुरा भएको थियो फेसबुकमा उहाँसँग । भन्नुहुन्थ्यो–”सर मेरो नयाँ गीत आउँदै छ समाचार लेखेर सहयोग गरिदिनुपर्छ है । ‘’  उहाँका गीतको प्रत्येकको मैले समाचार बनाइदिएको छु । सहयोग गरेको छु । जसो उहाँको सिर्जनाको म फ्यान हुँ । उहाँले सिर्जना गरेका प्रत्येक शब्द हृदयस्पर्शी हुन्छन् ।

हामी दुवैजना गोरखाकै भएकाले आत्मिय पनि भयौं । फेसबुकमा निरन्तर कुरा हुन्थे । दुःख, सुखका कुरा सुनाउनु हुन्थ्यो ।  दिनभरी कार्यक्रममा व्यस्त भएँ ।  बेलुका ८ः३० बजेतिर फेसबुक खोल्दा टाइमलाइनमा ‘रिप सन्तोष’  भनेर सन्तोष बानियँको वालमा लेखेको देखें । झसङ्क भएँ म । एकदिन अगाडि मसँग कुरा गरेको मान्छेको एक्कासी त्यस्तो खबर सुन्दा मैले पत्याइन । म सत्याता खोज्न लागेँ । उहाँसँग जोडिएका साथीहरू सम्पर्क गरेँ । उहाँहरू नै झसङ्ग हुनुभयो । एकछि कुरेँ ।  उहाँको फेसबुकमा समवेदनाका शब्दहरू पोस्टीन थाले ।  एक अनलाइनले समाचार प्रकाशित ग¥यो सन्तोष बानियाँको मृत्युबारे । अनि बल्ल पत्याएँ । मैले पनि उहाँलाई समवेदना प्रकट गरेँ र भने–”सन्तोष सर, गल्ती गर्नुभयो, हार्दिक श्रद्धाञ्जली ।”

उहाँको सम्झनाले निकै आयो । बेलुका उहाँका गीतहरू युट्युवमा सुनेँ । रुम मन लाग्यो । विहान उठेर मृत्युको समाचार लेखेँ । मृत्युको कारण पहिल्याउन सकिन । तै पनि कारण खुल्न सकेन भनेर समाचार लेखें । प्रकाशित गरेँ । उहाँको संघर्ष, सफलताका, गीत निस्केको खुसीको समाचार लेख्ने म उहाँको मृत्युको समाचार लेख्दा निकै दुःखी भएँ । निधनको समाचार बाहिरीएपछि मैले उहाँको छोरीलाई सम्झेँ ।

आफ्नै काममा थिएँ । आज विहान १० : ३० बजेतिर वरिष्ठ कलाकार रश्मी भट्टले फेसबुकमा मलाई सम्पर्क गर्नुभयो । उहाँले मलाई सम्पर्क गर्नुको कारण मैले बुझीहालेँ । उहाँले सीधा कुरा गर्नुभयो– ‘‘म सन्तोषको घरमा गएर भर्खर आएको ।’’ मैले सन्तोषको परिवारको अवस्थाबारे जिज्ञासा राखेँ । मृत्युको कारण जान्न चाहेँ । उहाँले म्यासेन्जरमा फोन गर्नुभयो । सबै कुरा बताउनुभयो । तर, मृत्युको कारण उहाँलाई पनि थाहा रहेनछ ।  करिव १० मिनेट कुरा भयो । उहाँले  सन्तोषसँगको आत्मीयता सम्बन्ध रहेको सुनाउनुभयो । वरिष्ठ कलाकार भट्टले बानियाँको एल्वम ‘टुहुरी’ मा आमा बनेर अभिनय गर्नुभएको छ । कुराकानीमा सन्तोषसँग आत्मीय कुरा हुने र आमा सरह आदर गर्ने सुनाउनुभयो । एउटा परिवार जस्तो हुनुहुन्थ्यो सन्तोष, वरिष्ठ कलाकार भट्टले भावुक हुँदै पंक्तिकारसँग भन्नुभयो,‘‘ किन छिट्टै लैजान्छ दैवले राम्रो मान्छेलाई ?’’

 

मृतक बानियँका एक छोरी र श्रीमती हुनुहुन्छ ।

सन्तोष बानियाँ एक कुशल स्रष्टा हुन् । नेपाली लोक संगीतमा उहाँको योगदान महत्वपूर्ण छ । लोकगीतमा भित्रिएका विकृति विसङ्गतीको खुलेर विरोध गर्नुहुन्थ्यो । शनिबार उहाँको  नयाँ गीत ‘विरह’ सार्जजनिक भएको थियो ।  यसअघि सन्तोषको सिर्जनामा  ‘साथी बनेर’, ओइलिएको फूललाई शिरमा’, ‘मेरो पालो कैले’ जस्ता गीतहरू बजारमा आएका थिए । जुन गीतहरू निकै चर्चित छन् ।  लोक संगीतले  एउटा प्रतिभाशाली कलाकार गुमाएको छ । लोकगीतका पारखीहरूले राम्रो शब्द संकलक गुमाएका छन् । उहाँले लोकदोहोरीको संरक्षण र संवद्र्धमा पु¥याएको योगदानको सबैले सम्मान गर्नुपर्छ ।  अलविदा सन्तोष बानियाँ !
हार्दिक श्रद्धाञ्जली  ।

यस्तो छ  फेसबुक स्टाटस

”जब आखै अगाडिका सत्यहरू झुट साबित भैदिन्छन्,तब जिउनु को के अर्थ छ र ? जब आफ्नो मान्छेनै आफूसँग नरहेसी जिउनुको के अर्थ रहन्छ र ? न रहन्छ बाँस न बज्छ् बाँसुरी बिरह ”

”कहिलेकाहिँ त सोच्छु बाँच्नैको लागि किन यति धेरै संघर्ष हो र आखिरको बन्यो र अमर अजर ?? एक दिन मर्नु छ भने या बरू !!! जे होला होला ! मरिदिन्छु ! हैट, भोलिसम्म त जसरी नि बाँच्नुपर्छ बिरह हेर्नू परो नि !”

 

उहाँका शब्द, संगीतमा बनेका केही गीतहरू हेर्नुहोस्

https://www.youtube.com/watch?v=TtRXGycRqeU

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org