ताजा समाचार

गोरेलाई आजै जिल्ला अदालत मोरङ लगिने

काठमाडाैं ८, जेष्ठ । तस्करीको ३३ किलो सुन काण्डका नाइके चुडामणि शर्मा ‘गोरे’ लाई  आजे जिल्ला अदालत मोरङमा पेश गरिने जनाइएको छ ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा समिति संयोजक सहसचिव ईश्वर पोखरेलले उक्त कुराको जानकारी दिएका हुन् ।

‘मुख्य अभियुक्त भएकाले उनलाई आजै अदालतमा पेश गर्छौं,’ संयोजक पौडेलले भने, ‘सुन तस्करी जेरीजस्तै जेलिएको छ। हामीले थप सूचना पनि पाएका छौं। त्यसको अनुसन्धान जारी राख्छौं।’

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्यअभियुक्त चुडामणि शर्मा ‘गोरे’ लाई प्रहरीले सार्वजनिक गरेको छ।

गृह मन्त्रालयले बनाएको छानबिन समितिले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर गोरेलाई सार्वजनिक गरेको हो।

पौडेलले गोरेलाई काठमाडौंको गौरीघाटबाट मंगलबार बिहान पक्राउ गरिएको बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org