ताजा समाचार

सुनसरीका जिल्ला शिक्षा अधिकारी ५० हजार घुससहित पक्राउ

सुनसरी ९,जेष्ठ । जिल्ला  शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र प्रसाद सुवेदीलाई ५० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस सहित रंगेहात पक्राउ गरेको छ ।

अख्तियारको इटहरी स्थित क्षेत्रीय कार्यालयले प्रमुख सुवेदीलाई बुधबार बिहान घुस सहित पक्राउ गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले न्युज नेपाललाई जानकारी दिए ।

उनलाई इनरुवास्थित सरकारी क्वाटरबाट घूस लिदै गरेको सुचनाका आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो । सुवेदीमाथि छानविन भइरहेको अख्तियारले जनाएको छ

सुवेदीले जिल्लाको घण्टाबारीस्थित श्री आधारभूत विद्यालयको ट्वाईलेट र विद्यालय वरीपरी घेर्ने पर्खाल निर्माणको योजना पारिदिन्छु भन्दै विद्यालय प्रशासन सँग ५० हजार घुस लिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org