ताजा समाचार

आेलि र प्रचण्डको गृहजिल्लाको दादागिरी नेकपाको केन्द्रिय समितिमा

काठमाडौं ९, जेष्ठ । एमाले-माआेवादी एकता पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिले भर्खरै मात्र पूर्णता पाएको छ ।

केन्द्रिय समितिका बारेमा विभिन्न टिकाटिप्पणी भेरहेका बेला अर्को लफडा आइपरेको छ । दुई अध्यक्षद्वय आेलि र प्रचण्डका गृह जिल्लाबाट नेकपाको केन्द्रिय समितिमा कतिजनाले आफ्नो स्थान सुरक्षित गरे त ?

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष आेलिको गृहजिल्ला झापाबाट १३ जना केन्द्रिय समितिमा परे भने अर्का अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनबाट १५ जना । आमन्त्रित स्थायी सदस्यलाई पनि हेर्दा चितवनबाट १६ जना नेता केन्द्रीय समितिमा अटाएका छन् ।

ओलीको गृहजिल्लाबाट केन्द्रिय समितिमा पर्ने भाग्यशाली नेताहरु:

अध्यक्ष ओलीसहित युवराज खतिवडा, सुरेन्द्र कार्की, हिक्मत कार्की, युवराज कार्की, देवेन्द्र दाहाल, भाष्कर काफ्ले, रविन कोइराला, घनेन्द्र बस्नेत, नरेश खरेल, जीवन घिमिरे, हरि राजवंशी र धर्मशीला चापागाई हुन भने,

प्रचण्डको गृहजिल्लाबाट:

प्रचण्डसहित रामबहादुर थापा, रेणु दाहाल, नारायण दाहाल, कृष्ण खनाल, देवी ज्ञवाली, सीता पौडेल, सुरेन्द्र पाण्डे, सूर्यप्रकाश सुवेदी, गंगा बेल्वासे, ईश्वरीप्रसाद भट्टराई, सन्तु दराई, केशवलाल श्रेष्ठ, ज्ञानु बस्नेत र डीआर पौडेल हुन् । यस्तै स्थायी आमन्त्रित सदस्यमा परेका अमिक शेरचन सहित १६ जना रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org