ताजा समाचार

चलचित्र ‘लभ रात्री’ ले गर्दा सलमान खानलाई आपत्

काठममाडाै ९, जेष्ठ । बलिउड स्टार सलमान खान यतिबेला तनावमा छन् कारण भने बहिनी ज्वाईँ आयुष शर्माको बलिउड इन्ट्रिलाई लिएर ।

त्यसो त सलमान खान बलिउडमा नयाँ कलाकार भित्र्याउने मामिलामा भने माहिर मानिन्छन् । खानले भित्र्याएका कलाकार खाली हात समेत बस्नु परेको छैन । तर, बहिनी ज्वाईँ आयुष शर्माको डेब्यु फिल्म ‘लभ रात्री’लाई लिएर हिन्दुवादीको भावनामा चोट पु¥याएको भन्दै विश्व हिन्दु परिषदले आक्रोस व्यक्त गर्दा उनी तनावमा परेका हुन् ।

परिषदले फिल्म नवरात्रीको व्याकग्राउण्डमा बनेको र नवरात्रीकै संघारमा रिलिज हुने भएको कारण चाठपर्वको नाम नै बिगारेको र हिन्दुवादीको भावनामा चोट पु¥याएको भन्दै फिल्म रिलिज गर्न नदिने घोषणा गरेको छ ।

लभरात्रीको फस्ट लुक सार्वजनिक भएपछि त्यसले खुबै चर्चा कमाएको थियो । लभरात्रीले जसरी चर्चा कमाएको थियो त्यसरी बिवादमा पर्न थालेको छ । पछिल्लो समय बलिउडमा निर्माण भएका फिल्महरुले विभिन्न धर्म तथा सम्प्रदायमा आँच आउने सन्देश दिएको भन्दै कहिले फिल्म शुटींग सेटमै आगो लगाउने त कहिले फिल्म रिलिज हुनै नदिने गर्दै आएको पाईएको छ । यसको पछिल्लो उदाहरण पद्यामावत तथा मणिकर्नीकालाई लिन सकीन्छ ।

सलमानले आफ्नो हरेक प्रोजेक्ट साम दाम लगाएरै सफल बनाउँछन् तर विश्व हिन्दु परिषदले दिएको धम्कीको कसरी सामना गर्नेछन् त्यो भने हेर्न बाँकि नै छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org