ताजा समाचार

बालकृष्ण ढुंगेलको आममाफीबारे सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

 

 

 

काठमाडौं,११ जेठ। सरकारले वालकृष्ण ढुंगेललाई आममाफी दिने निर्णय गरेपछि सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ ।

ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनुपर्ने कारणबारे लिखित जवाफ पेश गर्न सर्वोच्चले आदेश दिएको हो ।

अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय र बालकृष्ण ढु‌ंगेललाई विपक्षी बनाएर दायर गरेको रिटमा ढुंगेललाई आममाफी दिने निर्णय रोक्न अन्तरिम आदेश पनि माग गरिएको थियो ।

सरकारले गणतन्त्र दिवसको अवसर पारेर ढु‌ंगेललाई आममाफी दिने तयारी गरेको छ । कारागार व्यवस्थापन विभागले आममाफी पाउने कैदीको सूची राष्ट्रपति कार्यालयमा बुझाइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org