सुन तस्कर थप दुई जना काठमाडौंमा पक्राउ
काठमाडौं– विमानस्थलबाट भएको ३८ सय केजी सुन तस्करी गिरोहमा आबद्ध थप दुई जना पक्राउ परेका छन्। गृह मन्त्रालयको बिशेष छानबिन समितिले दुई जनालाई पक्राउ गरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको छ।पक्राउ पर्नेहरुमा हुन्डी कारोबारी मदन सिलवाल र तस्करी समूहमा आबद्ध फाल्दुन भनिने लक्षु गुरुङ छन्।
सिलवालले नयाँ बसपार्कमा मयुर मनि ट्रान्सफर सञ्चालन गर्दै आएका छन्। मनि ट्रान्सफरको आवरणमा उनले हुन्डीको कारोबार गर्दै आएको समितिले जनाएको छ। दुबईबाट तस्करी गरेर ल्याइने सुनको उनले हुन्डीमार्फत दुबईमा भुक्तानी दिन सघाउने गरेका थिए।
त्यस्तै,पक्राउ परेका फाल्दुन भुजुङ गुरुङका चालक हुन्। भुजुङ यसअघि नै पक्राउ परि जेल चलान भइसकेका छन्। राप्रपा९प्रजातान्त्रिक०का नेता समेत रहेका भुजुङ पञ्चायतकालदेखि सुन तस्करीमा संलग्न व्यक्ति हुन्। सुन तस्करीको बेला फाल्दुनलाई पनि उनले प्रयोग गर्दथे। समितिसँगको बयानमा उनले सुन तस्करीको बेला आफुलाई ‘स्कर्टिङ’ गर्न प्रयोग गरिने बताएका छन्।
माघ ९ गते हराएको साढे ३३ किलो सुन लुटपाटमा पनि उनको संलग्नताको आशंका गरिएको छ। तर, करिब २ सातासम्म सोधपुछ गर्दा पनि हराएको सुनबारे प्रष्ट जानकारी समितिले पाउन सकेको छैन। उनलाई २ साताअघि नै पक्राउ गरी अनुसन्धानमा राखिएको थियो। मुद्दा चलाउनका लागि उनलाई शुक्रबार मोरङ पठाइएको हो।
समितिले गत बैशाख सुन तस्करीको पैसा हुन्डीमार्फत पठाउने दोलखाका मोतीलाल श्रेष्ठ र झापाका बिनोद अधिकारीलाई पक्राउ गरिसकेको छ। उनीहरु जिल्ला प्रहरी कार्यालय मोरङकै हिरासतमा छन्। बिहिबार मोरङमा सनम शाक्य हत्यामा सघाउने रेवन्त आचार्य पक्राउ परेका थिए।
समितिले सुन तस्करी प्रकरणका मुख्य पात्र चुणामिण उप्रेती ‘गोरे’ लाई मंगलबार पक्राउ गरी सार्वजनिक गरिसकेको छ। त्यसअघि ३२ जना पक्राउ परेका थिए। थप दुई जना पक्राउ परेसँगै सो मुद्दामा पक्राउ अभियुक्तको संख्या ३५ पुगेको छ। ३२ जनालाई फरार अभियुक्तका रुपमा मुद्दा चलाइएको छ। जसमध्ये मोहन अग्रवाल लगायत मुख्य व्यक्तिलाई पक्राउ गर्न इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया अघि बढाइएको छ।
Comments
अरु समाचार
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...
-
प्रधानमन्त्रीओली र विश्व बैंकका अध्यक्ष बंगाबिच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैंक समूहका अध्यक्ष अजय बंगाबिच भेटवार्ता...
-
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ...
-
उपप्रधानमन्त्री विष्णु पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई...
-
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
काठमाडौं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९÷८० को...