ताजा समाचार

काठमाडौंमा पनि भेटियाे बर्डफ्लु

काठमाडौ, १२ जेठ । बर्डफ्लुकाे संक्रमण काठमाडौंमा पनि देखापरेकाे आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

तारकेश्वर नगरपालिकाकाे धर्मस्थलीमा हाँस र कुखुरामा बर्डफ्लु देखिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तारकेश्वरका हिरा तामाङले पालेको हाँसमा बर्डफ्लु भेटिएको हो ।

तामाङले पालेको हाँस र कुखुरामा बर्डफ्लु फेला परेको पुष्टि भएपछि शुक्रबार हाँस र कुखुरा नष्ट गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org