ताजा समाचार

निशान भट्टराईको पहिलो अफिसियल गीत भुन्टी सार्वजनिक

काठमाडाैं १२, जेठ । नेपालको चर्चित गायन रियालिटि शो नेपाल आइडलबाट उदाएका गायक निशान भट्टराईको पहिलो गित ‘भुन्टी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राजेन्द्र भट्टराई ‘मिस्टर आरजे’को लय तथा शब्दमा मिस्टर आरजे र निशान भट्टराईले अलिशा राईसंग स्क्रिन सेयर गरेका छन् ।

भुन्टीको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन् भने मनोज बस्नेतले निर्माण गरेका हुन्।

भिडियोलाई शिशिर खातीले कोरियोग्राफी गरेका छन् ।

गायक निशान भट्टराई नेपाल आइडलका फर्स्ट रनरअप समेत हुन् ।

भिडियोलाई एट के एभरेष्ट मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो भने अहिले उक्त युट्युबमा गित १० आैं नम्बरमा ट्रेन्डिङमा रहेको छ ।

भिडियो सहित हेराैं:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org