ताजा समाचार

महन्थ ठाकुरलाई सभामुखमा नेकपाकाे प्रस्ताव

काठमाडाै १३, जेष्ठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा सभामुखको प्रस्ताव गरेको छ ।

यसअघि विघटित नेकपा एमालेले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरेको थियो ।

नेकपाका नेताहरुले ठाकुरलाई सभामुख हुने प्रस्ताव गरेका छन् ।

हाल कृष्णबहादुर महरा सभामुख र शिवमाया तुम्बाहाम्फे उपसभामुख छिन् । सभामुख र उपसभामुख अलग अलग पार्टीबाट हुनुपर्ने प्रावधान छ ।

यसले गर्द काेहीले यसमा हेरफेर हुनसक्ने देखेका छन् । काेहीले भने पार्टीले नचाहे यसमा हेरफेर हुन नसक्ने बताएका छन् । आजको कारोबारले पृष्ठ २ मा यो समाचार छापेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org