ताजा समाचार

सकियो गोरेको बयान, आखिर के भयो त मोरङ जिल्ला अदालतमा ?

काठमाडौं १३, जेष्ठ । ‘गोल्ड डन’ उर्फ चुडामणि उप्रेती (गोरे)को बयान आज सक्किएको छ ।

साढे ३३ किलो  सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य  आरोपी मानिएका उनको बयान  मोरङ जिल्ला अदालतमा सकिएको हो । उनलाई बुधबार, बिहिबार र शुक्रबार र आज गरी चार  दिनसम्म बयान लिइएको थियो ।

बयान सकिएसँगै गोरेमाथि आजैदेखि नै  थुनछेक बहस सुरु हुने बताइएको छ ।  गोरेलाई गत मंगलबार काठमाडौंबाट पक्राउ गरिएको थियो ।
माघ पहिलो साता यूएईबाट आएको साढे ३३ किलो सुन गायब र त्यसपछि सनम शाक्यको हत्या भएसँगै गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय विशेष छानबिन टोली गठन भएको थियो ।

समितिको प्रतिवेदनको आधारमा  प्रहरीका उच्च अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर गरिएको  थियो ।  जसमा प्रहरी उच्च अधिकारीसहित  २८ जनापूर्पक्षका लागि जेल चलान भइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org