ताजा समाचार

सुन काण्ड: ३७ पेज लामो बयान, आजै थुनछेक बहस हुने

विराटनगर १३ जेष्ठ ।  ‘गोल्ड डन’ उर्फ चुडामणि उप्रेती (गोरे)को बयान आज सक्किएको छ ।

साढे ३३ किलो  सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य  आरोपी मानिएका उनको बयान  मोरङ जिल्ला अदालतमा चार दिन लगाएर सकिएको हो ।

जिल्ला अदालत मोरङमा गत बुधबारदेखि सुरु भएको बयान आइतवार सकिएको हो । गोरेसँग जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा ३७ पृष्ठ लामो बयान लिइएको हो ।

गोरेका अनुसार तस्करीको सुन भारतमा जान्थ्यो र लगानीकर्ता पनि भारतीय नै हुन् । धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको र नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ वालेङ घले भएको उनको बयान छ ।

बयानका क्रममा गोरेले आफूले सनम शाक्यको हत्या नगरेको बताएका छन् । सुन तस्करीमा भने आफुले नाम लिएका व्यक्तिहरुलाई पक्रन सरकारले हिम्मत जुटाउन सक्नुपर्ने बताएका छन् ।

तर, उनले नाम लिएका व्यक्तिहरुबारे केही पनि सार्वजनिक गरिएको छैन । गोरेले नेपालका केही नेता, व्यापारी र अन्डर वल्र्ड डन दाउद इब्राहिमको समेत नाम लिएको बताइए पनि यसबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।

सम्बन्धित समाचार:

सकियो गोरेको बयान, आखिर के भयो त जिल्ला अदालत मोरङमा ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org