ताजा समाचार

बजेटको आकार बढ्दै, ३० खर्बको अर्थतन्त्र, १६ खर्बको बजेट

काठमाडाैं १४, जेष्ठ । मुलुकको अर्थतन्त्रको आकार तीन खर्ब ६४ अर्ब रुपैयाँ बढेर यो वर्ष ३० खर्ब सात अर्ब २४ करोड रुपैयाँ पुग्ने भएको छ।

चालू आर्थिक वर्षको आठ महिनाको उपलब्ध तथ्यांक र बाँकी चार महिनाको अनुमानका अधारमा अर्थतन्त्रको आकार ३० अर्ब नाघ्ने देखिएको हो ।

प्रतिनिधिभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकमा आईतबार अर्थमन्त्री युवराज खतिवडाले पेस  गरेको आर्थिक सर्वेक्षणअनुसार वर्तमान बजार मुल्यअनुसार साढे ३ खर्ब रुपैयाँभन्दा बढीले अर्थतन्त्रकोआकार बढ्नेछ । गत बर्ष २६ खर्ब ४२ अर्ब ५९ करोड ५० लाख थियो ।, आजको कान्तिपुरदैनिकमाा यो खबर छ ।

त्यस्तै, सरकारले संघ, प्रदेश र स्थानीय तहसमेत गरेर कुल १६ खर्बको बजेट निर्माण गर्दै छ । हालै बसेको स्रोत समितिको बैठकले संघलाई १२ खर्ब र तल्ला दुई सरकारलाई ४ खर्बको बजेट सीमा तोकेको एक उच्च सरकारी अधिकारीले बताए । यसअनुसार संघीय सरकारको बजेट कुल खर्चको ७५ प्रतिशत र तल्ला तहका सरकारको बजेट २५ प्रतिशत हुने आजको नयाँ पत्रिकामा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org