ताजा समाचार

चर्चित हाँस्यकलाकार मनोज गजुरेल पूर्वपत्नी मिनाले फिल्म बनाउने

काठमाडाैं १४, जेष्ठ । हाँस्यव्यंग्यका महाराजा मनोज गजुरेल पत्नी मीना ढकाल सम्बन्ध बिच्छेदपछि कलाकारितामा हाम फालेकी छन् ।

उनले २ वटा गीत रेकर्ड गरेर आफूलाई गायिकाको रुपमा चिनाएकी छन् तर अब भने उनको यात्रा फिल्म तिर लम्कने भन्दै उनले सत्साहकासाथ जानकारी दिएकी छिन् ।

करोड बढि लगानीमा निर्माण हुन लागेको फिल्मको नाम भने जराइसकेकी छेनन् । तर फिल्मको नाम ‘हार्ट अट्याक’  हुन सक्नेबारे छलफल भइरहेको जनाएकी छिन् ।

फिल्म नारी प्रधान हुने र त्यसमा लिड रोल पनि आफ्नै हुने बताएकी उनले आर्यन शर्मासँग मिलेर यो फिल्म निर्माण गर्न लागेकी हुन् ।

फिल्मको लेखन तथा निर्देशन आर्यनले गर्नेछन् । कलाकारहरु कोही पनि फाइनल नभएको तर सकभर नयाँ हिरो-हिरोइनलाई लिने सोचमा रहेको मिनाले बताइन् । फिल्मको सुटिङ इलाम, दार्जिलिङ लगायतका स्थानमा हुनेछ ।

मिनाले गाएको दोस्रो गीत हालै यूट्यूवमा रिलिज गरिएको छ । गीतबाट राम्रो प्रतिक्रिया पाइरहेको उनले बताइन् । उनको पहिलो गीत भने आलोचित बनेको थियो । उनी चाँडै तिज गीत पनि बजारमा ल्याउने तयारीमा छिन् ।

मनोज र मिनाले २२ वर्ष लामो वैवाहिक सम्वन्धमा फुलस्टप लगाउँदै गत वर्ष डिभोर्स गरेका थिए । उनीहरुका २० वर्षका एक छोरा र १३ वर्षकी छोरी छन् । मीनाले अंशबण्डावापत गजुरेलबाट ६५ लाख रुपैयाँ पाएकी छिन् भने उनकी छोरीले ६० लाख रुपैयाँ पाएकी छिन् । अहिले मिना छोरीसँग र मनोज छोरासँग बस्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org