ताजा समाचार

उपभोक्ता ठग्ने ललितपुरका दुई पेट्रोल पम्पमा शिलबन्दी

काठमाडौं १४ जेष्ठ । सरकारले उपभोक्तालाई ठगी गरेको पुष्टि भएपछि ललितपुरका दुई वटा पेट्रोलपम्पमा शिलबन्दी गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा सोमबार बजार अनुगमनमा निस्केको टोलीले एकान्तकुनास्थित प्रशान्ति आयल स्टोर्स र सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा टे्रडर्समा शिलबन्दी गरेको हो ।

अनुगमनका क्रममा प्रशान्ति आयल स्टोर्सले प्रति १० लिटरमा ३० एमएल र महालक्ष्मी विश्वकर्मा ट्रेडर्सले प्रति १० लिटरमा ४० एमएल कम परिमाण बिक्री गरेको फेला परेपछि दुवै पम्पलाई शिलबन्दी गरिएको मन्त्रालयका उपसचिव सन्तोष विष्टले जानकारी दिए ।

नाम तौल सम्बन्धी विद्यमान ऐन अनुसार पम्पले तोकिएको परिमाणमा २५ प्रतिशतसम्म कमी भएमा कुनै कारवाही नहुने व्यवस्था गरेको छ । अनुगमनका क्रममा २५ प्रतिशतको सीमा नाघेपछि टोलीले पम्पमा शिलबन्दी गरेको हो ।

टोलीले एकान्तकुनाको गायत्री आयल सेन्टरलाई नोजल सुई ठीक नहुन्जेल तेल नबेच्न निर्देशन दिएको छ । त्यसैगरी शिवशक्ति आयल सेन्टर ताल्छिखेलमा दुईवटामध्ये एउटा मेसिन बिग्रिएको फेला परेपछि तत्काल मर्मत गर्न तथा बिग्रिएको मेसिनबाट तेल नबेच्न निर्देशन दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org