ताजा समाचार

सगरमाथामा शेर्पाको मृत्यु रहस्यमय

काठमाडाैं १५, जेष्ठ । ३० वैशाखदेखि शुरु यस वर्षको सगरमाथा आरोहण ११ जेठमा आएर टुंगिएको छ । यो याममा ४ सयभन्दा बढीले आरोहण गरेको तथ्यांक नेपाल सरकारले सार्वजनिक गरेको छ । चार युक्रेनी नागरिक र एक शेर्पासहितको एउटा आरोहणको प्रयोजनका बारेमा भने सरकार बेखबर छ ।

कान्तिपुर दैनिकका अनुसार त्यही आरोहण दलका गाइड ४५ वर्षीय लामबाबु शेर्पाको मृत्यु त झनै रहस्यपूर्ण छ । बेलायती पत्रिका फाइनान्सियल टाइम्सले शेर्पाको मृत्युलाई लिएर शंका प्रकट गरेको छ ।

पर्वतारोही तथा सगरमाथा आरोहणमाथि ब्लग लेख्दै आएका अमेरिकी नागरिक एलेन आरनेटले शेर्पाको मृत्युलाई रहस्यमय बताएपछि पत्रिकाले थप अनुसन्धान गरेको समाचारमा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org