ताजा समाचार

सेनाले फास्ट ट्र्याक बनाउन सक्दैन: हृदयेश त्रिपाठी

करदाताको संख्या बढाउनुुपर्नेमा करको दायरा बढाइयो

काठमाडौं १७, जेष्ठ ।  सत्तापक्षकै सांसद हृदयेस त्रिपाठीले बजेट कार्यन्वयन चुनौतिपुर्ण रहेको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा आजबाट सुरु भएको बजेटमाथिको छलफलमा भाग लिदै सांसद हृदयेश त्रिपाठीले नेपालको विकास खर्च गर्न सक्ने संयन्त्र गतिलो नभएकाले विकास खर्च गर्ने प्रकृया बदल्न आग्रह गरे । ‘गैरबजेटरी खर्च रोक्न आग्रह गर्छु यसले विकृति ल्याउने भएकाले त्यो रोक्नुपर्छ ।’

त्यस्तै त्रिपाठीले करदाताको संख्या बढाउनुुपर्नेमा करको दायरा बढाएको पनि बताए । ‘५ लाखलाई रोजगारी दिने कुरा अलि अपत्यारीले हो कि भन्ने लाग्छ । काठमाडौ उपत्यकामा मेट्रो उपयुक्त हुन्छ । मनोरेल वाहियात हो ।’

त्यस्तै त्रिपाठीले फास्ट ट्रयाक नेपाली सेनाको नेतृत्वमा बन्नै नसक्ने दावी गरे । उनले भने सेनाको नेतृत्वमा फास्ट  ट्रयाक बन्नै सक्दैन, यसमा सरकार गम्भीर बनोस । सेनाको क्षमता नै छैन ।’

उनले बैंक व्याज खाने संस्था मात्रै भएको भन्दै मनोमानी ब्याज बढाउने बैंकहरुमाथि राष्ट्र बैंकले हस्तक्षप गर्नुपर्ने धारणा राखे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org