ताजा समाचार

बायोमेट्रिक सञ्चालक देवान राई धराैटी तिर्न नसक्दा जेल चलान

काठमाडौं १८, जेष्ठ। मेरिडियन पोलिक्लिनिक प्रा.लि.का सञ्चालक देवान राईलाई धराैटी बुझाउन नसकेकाले जेल चलान गरिएको छ ।

बायोमेट्रिक सञ्चालक राईलाई जिल्ला अदालत काठमाडाैंले धराैटी बापत ५० लाख मागेको थियो तर उनले सो रकम धरौटी बुझाउन नसकेपछि जेल चलान गरिएको हो ।

काठमाडौं प्रहरी परिसरका अनुसार उनीमाथि २ करोड १२ लाख बिगो माग दाबी गर्दै ठगी मुद्दा चलाइएको थियो ।

यसअघि याख्खा ओभरसिजका सञ्चालक भीमबहादुर रोक्का भने २ लाख ५० हजार धरौटी बुझाएर छुटिसेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org