ताजा समाचार

कोरियन भाषा परिक्षाकाे केन्द्र कहाँ परेको छ हेर्नुहोस्….

सन् २०१९ देखि भने सीप परीक्षण पनि अनिवार्य गरिने भएको छ ।

काठमाडाैं १८, जेष्ठ ।  दक्षिण कोरियामा नेपाली कामदार पठाउने रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गतको भाषा परीक्षा आगामी जेष्ठको २६  र २७ गते हुने भएको छ । परीक्षा समय बिहानको १० बजे देखि पहिलो  सिफ्टको हुनेछ भने दोस्रो सिफ्टको लागि दिउसोको २ बजे देखि सुरु हुनेछ ।

इपीएस-कोरिया निर्देशक समितिको बैठकले कोरिया जाने कामदार छनौटको लागि भाषा परीक्षाको मिति तोकेको हो । सन् २०१९ देखि भने सीप परीक्षण पनि अनिवार्य गरिने भएको छ ।

यस पटकको कोरियन भाषा परीक्षा उपत्यका बाहेक पोखरामा पनि हुने भएको हो । पोखराका लागि चार स्थानमा परीक्षा केन्द्र तोकिएको छ भने उपत्यकामा काठमाडाैं र ललितपुरका विभिन्न ठाउँहरुमा केन्द्र तोकिएको छ ।

परीक्षा दुई सिफ्टमा गराइने जनाइएको छ भने परीक्षा हुने दिनमा परीक्षार्थीलाई एक घण्टाको अभिमुखिकरण दिइने समेत दिइने छ ।

हेर्नुहोस् परीक्षा केन्द्रको सूची:

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org