ताजा समाचार

कानुनको अभावमा स्थानीय तहलाई अप्ठेरो

 

काठमाडौं,२१ जेठ । केन्द्र र प्रदेशको कानुनको अभावमा स्थानीय तहलाई कानुन बनाउन अप्ठेरो परेको छ।

संघ र प्रदेशको अधिकारका बारेमा कानुनमा कतै स्पष्ट नभएकाले संविधानले दिएको अधिकार कसरी प्रयोग गर्ने भन्ने बारेमा स्थानीय निकाय अन्योलमा परेको छ। स्थानीय तहले कस्तो कानुन बनाउने भन्नेबारेमा स्थानीय तहका पदाधिकारीहरू नै अन्योलमा परेका छन्।

संविधान र स्थानीय तह सरकार सञ्चालन ऐनमा स्थानीय तहले बनाउने कानुन प्रदेश कानुनसँग नबाझिने गरी बनाउनुपर्ने भनिएको छ। अहिलेसम्म प्रदेश कानुन नबनेकाले स्थानीय तहलाई आफ्नो एकल अधिकार सूची र साझा अधिकार सूचीको कार्यान्वयन गर्न कठिनाइ रहेको स्थानीय तहका पदाधिकारीहरूको भनाइ रहेको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org