निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक: अध्यक्ष प्रचण्ड
पोखरा २१, जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले सामान्य मानिसले धान्नै नसक्ने गरी निर्वाचन खर्चिलो बन्ने गरेकाले यसको परिवर्तनका लागि नेतृत्व तहमा छलफल शुरु भएको र शासकीय स्वरुपमा केही नयाँपन लिएर जानुपर्ने हुनसक्छ भने।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापनामा कम्युनिष्टको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसको सबलीकरणमा पनि कम्युनिष्टहरूको सक्रियता आवश्यक रहने बताए ।
पहिलो संविधानसभामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका सम्बन्धमा करीब करीब सहमति भएको बताउँदै उहाँले दोस्रो संविधानसभामा समीकरण एवम् परिस्थिति बदलिएको अवस्थामा तत्कालीन रुपमा अहिलेलाई यही मोडेलअनुसार गर्ने भन्ने तय भएको जानकारी दिए ।
अध्यक्ष प्रचण्डले नेकपा र भर्खरै सरकारमा आएको पार्टी पनि प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा रहेको र सरकारको पक्षमा अहिले दुई तिहाइ बहुमतसमेत रहेको उल्लेख गर्दै जनता र पार्टीगत तहमा यो छलफलको विषय भए पनि तत्कालीन एजेन्डा भने नभएको बताए ।
अध्यक्ष प्रचण्डले भने, “अहिले बीचैमा यो कुरा ल्याएर देशलाई समृद्धि एवम् विकासमा लैजानेतर्फ अलमल पार्न नहुने र निर्वाचन आउनुभन्दा केही समयअघि यो विषय आउने छ ।”
प्रदेश र स्थानीय तहलाई सम्पूर्ण रुपमा जिम्मा दिनका लागि पूर्वाधार तयार भइनसकेको अवस्थामा बजेट तय गर्दा त्यहाँ केही कमी रहे पनि आगामी वर्षमा क्रमशः बजेट बढ्दै जाने बताउँदै उनले पार्टी एकीकरणसँगै राजनीतिक स्थिरता कायम भएकाले समृद्धि र विकास अबको चुनौती भएको धारणा व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले प्रदेश सरकारलाई सबल बनाउनका लागि हाल विद्यमान मर्यादाक्रम त्यति व्यावहारिक नदेखिएको बताउँदै नयाँ मर्यादाक्रमका सम्बन्धमा लगभग सहमति भइसकेको र त्यो चाँडै नै आउनेछ भने ।
फेवातालको संरक्षणका साथै पोखरा र समग्र प्रदेश नं ४ को विकासका काम अघि बढ्नेमा पनि उनले जोड दिए ।
नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का अध्यक्ष त्रिभुवन पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।
Comments
अरु समाचार
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
शाइन रेसुंगा बैंकलाई फेरि ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड’
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा...
-
प्रधानमन्त्रीले पर्सि पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने
काठमाडाैँ । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पर्यटकीय राजधानी घोषणा गर्नेछन्।...
-
गण्डकी प्रदेशसभाको चालु अधिवेशन आकस्मिक रुपमा अन्त्य
काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन शुक्रबार राति १२...