ताजा समाचार

प्रदेश ४ को राजधानी पोखरा, प्रादेशिक राजधानीको नाम गण्डकी !

पोखरा २१, जेष्ठ । प्रदेश ४ को राजधानी पोखरा राख्ने बारेमा ११ वटै जिल्ला सहमत भए पनि राजधानिको नामका बारे भने विवाद थियो ।  नामका सम्बन्धमा भने फरकफरक जवाफ र सिफारिस आए ।

प्रदेशको नामका सम्बन्धमा विभिन्न जातीय संघसंस्थादेखि समूहले आफ्नो माग र दबाब पनि दिएका थिए ।

प्रदेशको राजधानी र नामको बारेमा सुझाव संकलन गर्न नामांकन समितिले सबै जिल्ला चहार्यो । प्राप्त सुझाव, धारणा र मागलाई प्रतिवेदनका रुपमा सोमबारको संसद बैठकमा पेश गरे पश्चात भने राजधानी पोखरामा र नाम गण्डकी प्रदेश हुने पक्षमा जनमत देखिएको हो ।

सुझाव लिएका ९०५ जना अर्थात ९३ प्रतिशतले राजधानी पोखरा भनेका छन् भने ३ प्रतिशतले गोरखा र बाँकीले अन्य ठाउँ बनाउन सुझाव दिए । यसै॥ाई आधार बनाएर प्रादेशिक राजधानी निर्विकल्प पोखरा राख्न समितिले सिफारिस गरेको छ ।

नामका सम्बन्धमा सबैभन्दा बढी गण्डकी प्रदेशको पक्षमा देखिएका छन् । जिल्लागत छलफलमा भाग लिएका ३ सय ४६ व्यक्ति तथा संस्था अर्थात ४५ प्रतिशतले गण्डकी प्रदेश राख्न सुझाव दिएका छन् । तमुवान-मगरात प्रदेश राख्न माग गर्ने संख्या पनि ठूलो देखिएको छ ।

जनमतमा भाग लिएका २ सय ६० अर्थात ३४ प्रतिशतले तमुवान-मगरात प्रदेश राख्न माग गरेका छन् । गोरखा प्रदेश नाम राख्न ७२ जनाले लिखित सुझाव दिएका छन् । धौलागिरी प्रदेश राख्न ३ प्रतिशत र बाँकीले अन्य प्रदेशको काम गरेका छन् ।

८ जिल्लाबाट प्रदेशको नाम गण्डकी राख्न माग भएको छ भने ३ जिल्लाका व्यक्तिले तमुवान-मगरात लगायत नाम राख्न माग गरेका छन् । तत्कालीन एमाले, कांग्रेस र जनमोर्चाले गण्डकी प्रदेश बनाउन सुझाव दिए भने माओवादीले धारणा नै नदिएको समिति संयोजक थापाले बताए । नयाँ शक्तिले भने गण्डकी तमुवान राख्न माग गरेको छ ।

समितिले सोमबारको बैठकमा प्रतिवेदन पेश गरेपछि अब अर्को बैठकको दुईतिहाई बहुमतले नामको टुंगो लगाउने छ । समितिको प्रतिवेदनअनुसार प्रदेशको नाम गण्डकी हुने पक्काजस्तै भएको छ ।

चैत १२ गते गठित प्रदेश राजधानी तथा नाकांकम सिफारिस समिति गठन भएको थियो । समितिले जिल्लागत सुझाव तथा छलफल र ११ पटक बैठक बसेर प्रतिवेदन पेश गरेको हो । एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी गठित समितिको दुई पटक गरी ४० दिन म्याद थपिएको थियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org