ताजा समाचार

चारकिलोमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी अबरुद्ध

 

चितवन,२२ जेष्ठ । निर्माण भइरहेको नारायणगढ-मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा पहिरो खसेको छ । । विहान एकतर्फी मात्रै खुलेको सडक खुलाउने क्रममा थप पहिरो झरेपछि अहिले दुईतर्फी अबरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिएका छन् ।
मुग्लिनबाट चारकिलोमिटर नारायणगढतर्फ चारकिलोमा बिहान ५ बजेतिर पहिरो खसेको थियो । बिहानैबाट पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको हो ।

पहिरो पन्छाउने काम भइरहेको नारायणगढमुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिएका छन् ।इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलो भन्ने स्थानमा दुई दिनअघि मात्रै पहिरो खस्दा तीन घण्टा यातायात अवरुद्ध भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org