एम्बुलेन्सविहीन भक्तपुर अस्पताल
भक्तपुर, २३ जेठ। स्थापनाको एक शताब्दी पार गरिसकेको उपत्यकाकै दोस्रो जेठो सरकारी अस्पताल भक्तपुर अस्पतालमा एम्बुलेन्स सेवा छैन भन्दा पत्यार नलाग्ला तर वास्तविकता यही हो ।
वीर अस्पतालपछि ११५ वर्षअघि स्थापना भएको भक्तपुर अस्पतालले केन्द्रीय अस्पतालको मान्यता पाए पनि एम्बुलेन्स सेवा भने उपलब्ध गराउन सकेको छैन ।
भक्तपुर अस्पतालमा विगतमा एम्बुलेन्स सेवा उपलब्ध थियो । अस्पतालमा भएको एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखालाई दिएपछि अस्पताल एम्बुलेन्सविहीन भएको हो । “विगतमा आफूसँग भएको एम्बुलेन्स रेडक्रसलाई किन दिइएको हो मलाई थाहा छैन,” अस्पतालका मेसु सुधा देवकोटाले भने, “अहिले एम्बुलेन्स नहुँदा समस्या भइरहेको छ ।
अस्पतालले पटकपटक रेडक्रससँग उक्त एम्बुलेन्स फिर्ता माग्दा अहिलेसम्म फिर्ता आउन नसकेको डा देवकोटाले जानकारी दिए।
सरकारी अस्पतालमा एम्बुलेन्स नभएकै कारण अन्य संस्थाबाट महँगो रकम तिरेर सेवा लिन बाध्य भएको बिरामीको गुनासो छ । पछिल्लो समय जिल्ला समन्वय समितिले सञ्चालन गरिरहेको एम्बुलेन्स अस्पताललाई दिने प्रस्ताव गरेको थियो तर अस्पताल प्रशासनले दुईजना चालकको भारसमेत लिनुपर्ने भएपछि सो एम्बुलेन्स लिन नसकिएको मेसु देवकोटाले बताए ।
“जिल्ला समन्वय समितिको एम्बुलेन्स अस्पताललाई दिने भन्ने कुरो थियो । त्यो एम्बुलेन्स अस्पतालमा ल्याए दुईजना ड्राइभर पाल्नुपर्ने, तर अस्पतालको क्षमता भने दुईजना ड्राइभर पाल्न सक्ने स्थितिमा छैन”, उनले भने, “अहिले प्रादेशिक सरकार आइसकेकाले सबैभन्दा पहिला प्रदेश सरकारसँग एम्बुलेन्स माग गरेको छु ।”
रासस
Comments
अरु समाचार
-
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
काठमाडौँ: विदेशमा रहेका नेपालीले नेपाली नेत्रविशेषज्ञबाट आँखा उपचार सेवा लिन पाउने भएका छन् । नेपाल नेत्रज्योति सङ्घले विदेशमा बस्ने नेपालीलाई...
-
व्यापार ,व्यवसाय सञ्चालनमा अवरोध नगर्न अदालतको आदेश
काठमाडौँ: उच्च अदालत पाटनले पशुपति धर्मशालाको विवादमा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशहरू...
-
त्रिविविसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड
काठमाडौं । राष्ट्रियसभा, सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले त्रिभुवन विश्वविद्यालयसम्बन्धी नयाँ ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिएका छन् ।...
-
झापामा कोशी प्रदेशकै लामो पुल निर्धारित समय अगावै निर्माण सम्पन्न
काठमाडौं । झापामा कोशी प्रदेशको सबैभन्दा लामो र देशको तेस्रो लामो झोलुङ्गे पुल निर्धारित समय भन्दा अगावै निर्माण सम्पन्न भएको...
-
आइजीसीको बैठ काठमाडौंमा सुरु, वस्तु निर्यातदेखि वाणिज्य सन्धिसम्मका विषय उठाइने
काठमाडौं । नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आइजीसी)को बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत...
-
अमेरिकाको पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु
काठमाडौं । अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु भएको छ। भर्जिनियाको स्यान्टिली शहरस्थित एक होटल बाहिर रहेको पोखरीमा...
-
तिब्बतका भूकम्पपीडितलाई नेपालीको सहयोग
काठमाडौं । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख...
-
लस एन्जलस डढेलोः कम्तीमा १० जनाको मृत्य
काठमाडौं । क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस...
-
प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत
काठमाडौं । प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७...