ताजा समाचार

पुराना गाडी हटाउने निर्णय उल्टाउन सुरु भयाे चलखेल

 

 

 

काठमाडौं,२३ जेठ। पुराना गाडी हटाउने निर्णय उल्टाउन चलखेल सुरु भएको छ ।

२० वर्षे पुराना गाडीले सडकमा प्रदुषण बढाएको भन्दै यातायात व्यवस्था विभागले गत फागुनमा  सार्वजनिक सवारी हटाउने निर्णय गरेको थियो ।

सरकारी तथ्यांकअनुसार यस्ता गाडी करिव १६ हजार छन् । जसमध्ये ३ सय पुराना गाडी स्क्र्याप गरिएको छ भने झण्डै ७ हजार गुड्नै नसक्ने अवस्थामा छन् । करिब ८ हजार पुराना सवारी भने फागुनसम्म सडकमा गुडिरहकै थिए ।

पुराना गाडीहरु अहिले पनि तराई मधेस र पूर्वका पहाडी रुटमा चल्ने गरेको पाइएको छ ।उनीहरुकै दबावमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले २० वर्षे पुराना गाडी हटाउने निर्णय उल्टाउन चलखेल सुरु गरेका हुन् ।

मन्त्री महासेठले २० वर्ष पुराना सार्वजनिक सवारी हटाउने निर्णयसम्वन्धी फाइल यातायात व्यवस्था विभागबाट झिकाएका छन् ।

यसका लागि लबिङ गरिरहेका एक यातायात व्यवसायीका अनुसार पुराना गाडी हटाउँदा तराईमा यात्रुहरुले दुःख पाएको देखेरै मन्त्री महासेठ निर्णय पुनर्विचार गर्न सहमत भएका हुन् ।

सरकारले सुरुमा राजधानीमा २० वर्षे सार्वजनिक सवारी हटाउने निर्णय भए पनि अन्यत्र रोकेको थिएन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org