ताजा समाचार

गृहमन्त्री बादलले प्रचण्डको घरधनीलाई पनि कारबाही गर्ने

 

काठमाडौं,२३ जेठ । गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डकै घरधनी  ठेकदारलाई  समयमा काम पूरा नगरे कारबाही गर्ने बताएका छन् ।

बुधबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा  बाेल्दै उनले  कानुन नमान्ने र राज्यलाई धोका दिने ठेकदार धरधनी, सांसद वा ठूला नेता भए पनि कारबाही हुने बताए ।प्रचण्डको घरधनीले नै समयमा काम पूरा नगरेको उदाहरण दिँदै कारबाही गर्नुहुन्छ कि हुन्न भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘घरधनी होस्, सांसद होस् वा ठूलै नेता किन नहोस्, कानुन मान्दैन, राज्यलाई धोका दिन्छ भने कारबाही हुन्छ ।’

ठेकेदारले समयमा काम पूरा नगरेमा वा ठेक्काको अवहेलना गरेमा त्यसलाई सरकारले गैरकानुनी र ठगी ठान्ने भन्दै गृहमन्त्री थापाले त्यस्ता सबैलाई कारबाही हुने बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org