ताजा समाचार

घूस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत पक्राउ

 

काठमाडौं,२३ जेठ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेशप्रसाद दासलार्इ पक्राउ गरेको छ ।

घूस लिएको आरोपमा आयोगको टोलीले शाखा अधिकृत दासलार्इ पक्राउ गरेको हो । अधिकृत दासले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घूस लिएको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयले जनाएको छ ।

शाखा अधिकृत दास चढेको बा६च ११८६ नम्बरको कारमा लुकाएर राखेको अवस्थामा ५० हजार रुपैयाँ फेला पारिएको अख्तियारको कार्यालयले जनाएको छ। अधिकृत दासलार्इ बर्दिवास ल्याउने तयारी भैरहेको र थप अनुसन्धान हुने कार्यालयले जनाएको छ ।

दासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासको टोलीले जिल्ला अदालत सर्लाहीको अगाडिको चोकबाट नियन्त्रणमा लिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org