कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौँमा
काठमाडौँ, २३ जेठ ।कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक आगामी नोभेम्बरभित्र काठमाडौँमा बस्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले गत मंगलबार अपराह्न जेनेभामा भएको बैठकमा सो जानकारी दिएको संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रोसेसका अध्यक्षसमेत रहेका विष्टले आप्रवासी रोजगारमा जाने कामदारको हकहित सुनिश्चित गर्नका लागि कोलम्बो प्रोसेस मुलुकद्वारा श्रम सम्झौताको साझा प्रारुप विकास गर्न सकिने सम्भावना औँल्याए । “बैठकमा नेपालले रोजगार तथा सामाजिक सुरक्षाका विषयमा थालिएको सुधारका बारेमा मन्त्री विष्टले प्रकाश पार्नाका साथै आप्रवासी कामदारका लागि वित्तीय साक्षरताका साथै वित्तीय समावेशीकरणको आवश्यकता रहेको बताए ।
मन्त्री विष्टले श्रम बजार व्यवस्थित गर्न रोजगारका अवसरमा सहज पहुँचको व्यवस्था हुनुपर्ने तथा मर्यादित कामका सिद्धान्तानुकूल सुरक्षित आप्रवासनका लागि साझा प्रयास हुनुपर्ने उल्लेख गरेका थिए ।
Comments
अरु समाचार
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
केही पहाडी भूभागमा हुरिबताससहित सामान्य वर्षा हुँदै
काठमाडौं । अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित समान्य पानी...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...