रु पचास हजार छात्रवृत्ति वितरण
पोखरा, २४ जेठ । पोखरा लेखनाथ महानगरपालिका–७ महतगौडास्थित जानकी आधारभूत विद्यालयमा बुधबार आयोजित एक समारोहकाबीच रु ४९ हजार ६०० बराबरको छात्रवृत्ति वितरण गरिएको छ ।
नेपाल सरकारद्वारा सरकारी विद्यालयमा अध्ययन गर्ने दलित छात्रछात्राका लागि रु ४०० र अन्य विद्यार्थीका लागि ५० प्रतिशत अर्थात रु २०० का दरले कूल १२४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको व्यवस्थापन समितिका अध्यक्ष टीकाराम भण्डारीले जानकारी दिए ।
पोखरा लेखनाथ महानगरपालिका–१७ द्वारा प्राविधिक शिक्षाका लागि वडाध्यक्ष तीर्थ अधिकारीले सोही कार्यक्रममा विद्यालयलाई एक थान कम्प्यूटर हस्तान्तरण गरेका थिए । कार्यक्रममा उनले विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति वितरण गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न समाजका सबै तह र तप्काबाट जिम्मेवार भएर लाग्नु अपरिहार्य भएको बताए
विद्यार्थीको मनोबल उच्च राख्नका लागि शिक्षकहरुले आफनै तर्फबाट रु २३ हजार खर्चेर अंग्रेजी माध्यमबाट पढाइ शुरु भएको तथा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई टाइ र बेल्टको समेत व्यवस्था गरेको शिक्षक तुलसी गिरीले जानकारी दिए ।
Comments
अरु समाचार
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
फुङलिङ–पाथीभरा साइकलयात्रा
काठमाडौं । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ । पाथीभरा महोत्सवका...
-
केही पहाडी भूभागमा हुरिबताससहित सामान्य वर्षा हुँदै
काठमाडौं । अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित समान्य पानी...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...