ताजा समाचार

 सेनालाई अन्तर सरकारी संगठनको सदस्य बन्न अनुमति 

 

काठमाडौं,२४ जेठ। सरकारले नेपाली सेनालाई मन्त्रिपरिषदबाटै अन्तर सरकारी संगठनमा सामेल हुन अनुमति दिन लागेकाे छ ।

कानुन मन्त्रालयमा छलफल नगरि मन्त्रिपरिषदको समितिमा छलफल गराई सेनालाई ‘इन्टरनेशनल मिलिटरी स्पोर्टस काउन्सिल’को सदस्य बन्न अनुमति दिन लागिएको स्रोतले जनाएको छ ।

सन्धि ऐन २०४७ अनुसार नेपालका कुनै पनि सरकारी निकाय अर्को देश वा संगठनको सदस्य बन्नका लागि प्रतिनिधिसभाबाट अनुमोदन गर्नुपर्छ । सन्धि ऐनको दफा ४ अनुसार अन्तर सरकारी संगठनको सदस्यता लिन प्रतिनिधिसभाको स्वीकृति लिनुपर्छ । तर सेनाको हकमा सरकार संसद छलेर मन्त्रिपरिषदबाटै अनुमति दिन तयार भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org