जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन
बझाङ, २४ जेष्ठ । बुधबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
उक्त दुर्घटनामा छविसपाथीभरा गााउँपालिका–४ डाँडागाउँका ४५ वर्षीय वीरेन्द्रबहादुर सिंह र उहाँकी श्रीमती ३८ वर्षीया जलादेवीको घटनास्थलमा नै मृत्यु भएको थियो ।
उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा जिप चालक केदारस्युँ गाउँपालिका–१ का ३५ वर्षीय लालबहादुर भण्डारीको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेमध्ये छविसपाथिभरा गाउँपालिका–५ का ४५ वर्षीय सोभान धामी र ३ का ३१ वर्षीया गणेश नेपालीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको ।
उनीहरुको थप उपचारका लागि नेपालगञ्जस्थित कोहलपुर अस्पतालमा पठाइएको र अन्य घाइते मृतक वीरेन्द्र सिंहका दुई वर्षय छोरा भूपेन्द्र सिंह, छविसपाथीभेरा–३ की २७ वर्षीया पशुपती नेपाली र गणेश नेपालीकी सात महिनाकी छोेरी मुस्कान नेपालीको उपचार जिल्ला अस्पतालमै भइरहेको प्रहरीले जनाएको छ ।
बुधबार बेलुका भाँडे बजारबाट ब्यासीतर्फ जाँदै गरेको से१ज ८३७ नंको जिप छविस पाथीभेरा गाउँपालिका–४ को भेटाखानमा दुर्घटना भएको थियोे । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । जिप चालकको समेत मृत्यु भइसकेको र अन्य प्रत्यक्षदर्शीसँग अहिले सोधपुछ गर्ने वातावरण नभएका कारण अनुसन्धानमा समेत समस्या भएको बताइएको छ ।
Comments
अरु समाचार
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त
काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले...
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
फुङलिङ–पाथीभरा साइकलयात्रा
काठमाडौं । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ । पाथीभरा महोत्सवका...
-
केही पहाडी भूभागमा हुरिबताससहित सामान्य वर्षा हुँदै
काठमाडौं । अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित समान्य पानी...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...