ताजा समाचार

मकवानपुरको दुई स्थानमा ग्लोबल आइएमईको शाखारहित सेवा सुरु

मकवानपुर २४, जेष्ठ । ग्लोबल आइएमई बैंकले मकवानपुर जिल्लाका दुई स्थानमा शाखारहित बैंकिङ सेवा सुचारु गरेको छ ।

बैंकले वुधबारदेखि जिल्लाको थाहा नगरपालिका – ९, चित्लाङ्गमा ८८ औँ र बिहीबार देखि मकवानपुरगढी गाँउपालिका – ५, धादिङ्ग बजारमा ८९ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।

चित्लाङ्गमा खोलिएको ८८ औँ शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन थाहा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले गरे । मकवानपुरगढी गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिप बहादुर घिमिरेले धादिङ बजारको शाखारहित बैंकिङ सेवाकोे उद्घाटन गरे ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मूख्य आयस्रोत रहेका यी क्षेत्रका बासिन्दामा बैंकिङ्ग सेवाको पहुँच उपलब्ध गराउने हेतुले ती स्थानहरूमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।

हाल ग्लोबल आइएमई बैंकका १२९ शाखा, १३१ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८९ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्र्पक कार्यालय सञ्चालित छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org